पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा खुल्यो निःशुल्क तालिम

काठमाडौँ । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले २० जनाका लागि कम्प्युटर हार्डवेयर टेक्निसियनको तालिम खुलाएको छ।
नुवाकोटको विदुरमा रहेको शिक्षालयले आइतबार एक सूचना निकाल्दै ६५ दिन अर्थात् ३९० घण्टाको तालिममा समावेश हुन चाहनेहरूका लागि चैत २४ गतेदेखि तालिम सुरु हुने जनाएको छ।
१६ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको, सम्बन्धित व्यवसायको पाठ्यक्रमले निर्धारण गरेको योग्यता भएको, यसअघि यस्तै प्रकृतिको तालिम नलिएको न्यूनतम् योग्यता हुनुपर्ने भनेको छ ।
साथै तालिम अवधिभर ९० प्रतिशत हाजिर अनिवार्य गरिनुका साथै सीप परीक्षण कार्यक्रममा पनि अनिवार्य उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ। फारम भर्ने अन्तिम मिति चैत १७ गतेसम्म तोकिएको छ । त्यस्तै आवेदन फारम बुझाउने स्थान उक्त शिक्षालयको ठेगाना विदुर नगरपालिका वडा नम्बर १ तोकिएको छ।
शिक्षालयले यो तालिम निःशुल्क सञ्चालन गर्न लागेको पनि जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
-
सहसचिव भट्टराई तीन दिन अख्तियारमा उपस्थित, मन्त्रालयमा गर्छन् हाजिर
-
भारतको केन्द्रीय बैँकद्वारा अपेक्षाभन्दा बढी ब्याजदर कटौती
-
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
-
तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन
-
रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुख निखिल पक्राउ