पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयमा खुल्यो निःशुल्क तालिम
काठमाडौँ । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयले २० जनाका लागि कम्प्युटर हार्डवेयर टेक्निसियनको तालिम खुलाएको छ।
नुवाकोटको विदुरमा रहेको शिक्षालयले आइतबार एक सूचना निकाल्दै ६५ दिन अर्थात् ३९० घण्टाको तालिममा समावेश हुन चाहनेहरूका लागि चैत २४ गतेदेखि तालिम सुरु हुने जनाएको छ।
१६ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको, सम्बन्धित व्यवसायको पाठ्यक्रमले निर्धारण गरेको योग्यता भएको, यसअघि यस्तै प्रकृतिको तालिम नलिएको न्यूनतम् योग्यता हुनुपर्ने भनेको छ ।
साथै तालिम अवधिभर ९० प्रतिशत हाजिर अनिवार्य गरिनुका साथै सीप परीक्षण कार्यक्रममा पनि अनिवार्य उपस्थित हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ। फारम भर्ने अन्तिम मिति चैत १७ गतेसम्म तोकिएको छ । त्यस्तै आवेदन फारम बुझाउने स्थान उक्त शिक्षालयको ठेगाना विदुर नगरपालिका वडा नम्बर १ तोकिएको छ।
शिक्षालयले यो तालिम निःशुल्क सञ्चालन गर्न लागेको पनि जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण