पेनाल्टी सुटआउटमा बाजी मार्दै अगाडि बढेका स्पेन र फ्रान्स सेमिफाइनलका प्रतिद्वन्द्वी
काठमाडौँ । साबिक विजेता स्पेन र दोस्रो संस्करणको उपाधिधारी फ्रान्स यूईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको सेमिफाइनलमा पनि यी दुबैले एक–अर्कालाई प्रतिद्वन्द्वीका रूपमा पाएका छन् । सेमिफाइनल खेल आगामी जुन ५ तारिखमा खेलिने छ ।
क्वार्टरफाइनल भिडन्तमा फ्रान्सले क्रोएसियालाई पाखा लगाएको हो । सोमबार बिहान सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेग खेलमा फ्रान्सले क्रोएसियालाई २–० गोलले हरायो । उक्त नतिजापछि दुवै टोलीको कुल गोल भिन्नता २–२ भएको थियो ।
त्यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा क्रोएसियाले फ्रान्सलाई २–० गोलले हराएको थियो । दुवै टोलीको कुल गोल भिन्नता बराबर भएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।
पेनाल्टी सुटआउटमा भने फ्रान्सेले क्रोएसियालाई ५–४ गोलले हरायो । निर्धारित समयमा भने फ्रान्सका लागि ५२औँ मिनेटमा माइकल ओलिसले र ८०औँ मिनेटमा ओसमान डेम्बेलले एक–एक गोलको योगदान गरेका थिए ।
फ्रान्स यूईएफए नेसन्स लिगको पूर्वविजेता हो । फ्रान्सले सन् २०२१ मा सम्पन्न दोस्रो संस्करणको उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा फ्रान्सले स्पेनलाई २–१ गोलले पराजित गरेको थियो ।
यसैगरी, साबिक विजेता स्पेन भने क्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । सोमबार बिहान सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेग खेल ३–३ गोलको बराबरीमा सकिएको थियो ।
उक्त नतिजापछि दुवै टोलीको कुल गोल भिन्नता पनि ५–५ बनेको थियो । यसअघि नेदरल्यान्ड्सको घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेल पनि २–२ गोलको बराबरीमा सकिएको थियो ।
क्वार्टरफाइनलमा दुवै टोलीको कुल गोल भिन्नता बराबर भएपछि हार-जितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको हो । पेनाल्टी सुटआउटमा स्पेनले नेदरल्यान्ड्सलाई ५–४ गोलले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गर्यो ।
निर्धारित समयको खेलमा नेदरल्यान्ड्सका लागि मेम्फिस डिपे, ईयान मास्टेन र जाभी सिमोन्सले गोल गरेका थिए । घरेलु टोली स्पेनका लागि भने मिकेल ओयार्जाबलले दुई र लामिन यामलले एक गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण