सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न डब्लुएचओको आह्वान
मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ)ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ ।
डब्ल्यूएचओले विश्व टीबी दिवसको अवसरमा प्रकाशित प्रेस विज्ञप्तिमा यस्तो आह्वान गरेको हो । सन् २०२३ मा अनुमानित १९ लाख व्यक्तिमा क्षयरोगको नयाँ सङ्क्रमितहरूको दर्ता भएकोमा ९५ हजारको मृत्यु भएको तथा परिवार र समुदायमा रोगको प्रभाव बढ्दै गएको डब्लुएचओले बताएको छ ।
पश्चिमी प्रशान्त क्षेत्रका लागि डब्ल्युएचओका क्षेत्रीय निर्देशक साइया माउ प्युकलाले जटिल क्षयरोगले जीवन बचाउने अवसर गुमाउँने बताएका छन् । उनले, जोखिममा रहेका व्यक्तिले समयमै रोगको निदान सुनिश्चित गर्दै आफ्ना प्रतिबद्धतालाई निर्णायक कार्यमा परिणत गर्नुपर्ने अवस्था आएको बताए ।
डब्ल्युएचओका अनुसार, क्षयरोग ब्याक्टेरियाद्वारा हुने एउटा सङ्क्रामक रोग हो जसले फोक्सोमा असर गर्छ । क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा हावामा यसका किटाणु फैलिने र हावाकै माध्यमबाट अन्य मानिसमा सर्ने गर्छ । यसलाई विशिष्ट एन्टिबायोटिकले निको पार्न सकिने भएपनि अझै सङ्क्रमणबाट धेरै मानिसहरूले ज्यान गुमाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण