एक सातापछि नेप्सेमा हरियाली, कतिको भयो कारोबार ?
काठमाडौँ । ६ दिनपछि सेयरबजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । चैत ३ गते यता कारोबारका दिन लगातार घटिरहेको नेप्से परिसूचक सोमबार झण्डै ३१ अंकले बढ्दा हरियाली छाएको हो । आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ अंकमा आइपुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ३१.५२ अंकले बढ्दा २ हजार ६४५.२० को बिन्दुमा पुगेको छ ।
यस दिन ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख बराबरको सेयर किनबेच भएको छ । आइतबार ६ अर्ब ३२ करोडको कारोबार भएको थियो । आज २१० वटा कम्पनीको सेयर मूल्य बढेको छभने ३३ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबै सेक्टरका सूचक बढेका छन् । सबैभन्दा अगाडि फाइनान्स ३.७५ प्रतिशत बढेको छ । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशत बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण