बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश

सोमबार, ११ चैत २०८१, २१ : ४८
सोमबार, ११ चैत २०८१

ढाका । देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ ।
शकिब पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्व सांसद हुन् । हसिनालाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा हटाइएको थियो र उनी हेलिकप्टरबाट छिमेकी भारत भागेकी थिइन् ।
हसिनासँगको सम्बन्धले उनलाई जनताको आक्रोशको निशाना बनायो र विद्रोहको समयमा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमनका लागि हत्या अनुसन्धानको सामना गरिरहेका दर्जनौँ व्यक्तिमध्ये उनी पनि थिए । तर, उनीमाथि आरोप नलगाइए पनि तीन लाख डलरभन्दा बढीका चेकहरू बाउन्स गरेको भन्दै ठगीको आरोपमा मुद्दा चलिरहेको छ ।
अदालतले जनवरीमा शकिबको गिरफ्तारीका लागि वारेन्ट जारी गरेपछि राजधानी ढाकाका मजिस्ट्रेटले सोमबार सम्पत्ति जफत गर्ने आदेश दिएका हुन् ।
हसिनाको सरकार पतन हुँदा शकिब क्यानाडामा घरेलु टी–२० क्रिकेट प्रतियोगितामा खेलिरहेका थिए त्यसयता उनी बङ्गलादेश फर्किएका छैनन् ।
बायाँ हातका अलराउन्डर शकिबले बङ्गलादेशका लागि ७१ टेस्ट, दुई सय ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र एक सय २९ टी–२० खेल्नुभएको छ र कुल सात सय १२ विकेट लिएका छन्। 

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप