कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन्।
कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी सङ्घर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन्।
'कबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरुरी छ।'अध्यक्ष प्रचण्डले भने, 'संकलन गर्ने मजदुर तथा व्यवसायीलाई दुःख दिएर समस्या हल हुँदैन।'
भेटका क्रममा अध्यक्ष प्रचण्डले कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगर नेतृत्वसँग समेत छलफल गरेर सकारात्मक वातावरण निर्माणका लागि पहल गर्ने समेत बताए ।
कबाड सङ्कलक तथा व्यवसायका क्रममा काठमाडौँ महानगरपालिकाले अवरोध सिर्जना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कबाड व्यवसायी सङ्घर्ष समितिले अध्यक्ष प्रचण्डलाई पहल गरिदिन आग्रह गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण