नेपालको यू–१९ टोलीले दिल्लीको यू–१९ टोलीलाई हरायो
मङ्गलबार, १२ चैत २०८१, १४ : ५७
काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टोलीले भारतको दिल्ली यू–१९ टोलीलाई ५० ओभरको पहिलो अभ्यास खेलमा पाँच विकेटले पराजित गरेको छ । जितसँगै नेपाली टोलीले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।
विरगञ्जमा मंगलबार खेलिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीको टोली २३ दशमलब ३ ओभरमा ९५ रन बनाउँदै अलआउट भएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने ३१ ओभरमा पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
यू–१९ विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा नेपाली टोलीले दिल्लीको टोलीसँग अभ्यास खेल खेलेको हो । दोस्रो अभ्यास खेल बिहीवार विरगञ्जमै खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण