आर्थिक अनियमितताको मुद्दामा दोस्रो पटक सफाइ पाए सेप ब्लाटर र मिचेल प्लाटिनीले
काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) का पूर्वअध्यक्ष सेप ब्लाटर र युरोपेली फुटबल महासंघ (यूईएफए) का पूर्वअध्यक्ष मिचेल प्लाटिनीले पदमा रहँदा गरेको भनिएको आर्थिक अनियमितताको आरोपबाट दोस्रोपटक पनि सफाइ पाएका छन् ।
ब्लाटर र प्लाटिनीलाई मंगलबार अदालतले सफाइ दिएको हो । यी दुईमाथि सन् २०११ मा ठगी, जालसाजी र फिफाको २० लाख अमेरिकी डलरभन्दा बढी रकम दुरुपयोग गरेको आरोप लगाइएको थियो ।
अदालतले उनीहरूलाई उक्त आरोपबाट दोस्रोपटक सफाइ दिएको हो । संघीय फौजदारी पुनरावेदन अदालतबाट सफाइ पाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै सत्यको जित भएको बताए । ८९ वर्षीय ब्लाटर र ६९ वर्षीय प्लाटिनी दुवै न्यायालयमा उपस्थित थिए ।
यसअघि पनि ब्लाटर र प्लाटिनीलाई उक्त आरोपबाट अदालतले सफाइ दिएको थियो । तर, स्विट्जरल्यान्डको महान्यायाधिवक्ताको कार्यालयले सन् २०२२ को जुलाईमा अदालतको उक्त फैसलाविरुद्ध पुनरावेदन गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयले ब्लाटर र प्लाटिनीलाई २० महिनाको जेल सजाय हुनुपर्ने माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण