'सरकारले वर्षौँ लगाएर लोडसेडिङ हटाएको हो, कसैको चमत्कारले होइन'
काठमाडौँ । सरकारले वर्षौं लगाएर आयोजना निर्माण गरेका कारण मुलुकबाट लोडसेडिङ अन्त्य भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् ।
मंगलबार बालुवाटारमा सुजता कोइरालाद्वारा लिखित 'म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कसैका चमत्कारले नभई वर्षौं लगाएर गरिएका कामले बिजुली आएको बताए ।
उनले कुलमान घिसिङले बिजुली, चिम वा ट्रान्समिसन बोकेर आउनु भयो कि ? भन्दै प्रश्न पनि गरे । कुलमानका विषयमा माओवादी अध्यक्ष प्रचण्डले भ्रम छरेको भन्दै उनले कुनै एक व्यक्तिले मात्रै अन्धकार हटाएको भन्ने भ्रममा नपर्न आग्रहसमेत गरे । उनले ससाना कुराहरूलाई समातेर हल्लाखल्ला गर्ने काम भएको पनि जिकिर गरे । प्रधानमन्त्री ओलीले अहिले आफूले सरकारको नायकत्व लिएको भन्दै केही समयपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नायकत्व लिने बताए ।
कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको तर्फबाट पूर्ण सहयोग रहेको बताए । ओली नेतृत्वको सरकारलाई कांग्रेसको पूरापूर सहयोग रहेको र राम्रोसँग अगाडि जानेमा दुईमत नरहेको उनले बताए । कार्यक्रममा सहभागीहरूले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण