कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध
मङ्गलबार, १२ चैत २०८१, १७ : ४६

सुर्खेत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयले कर्णाली प्रदेश सभामा पनि प्रवेश पाएको छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले घिसिङलाई हटाएर सरकारले ठुलो गल्ती गरेको बताए ।
‘यो देशैभरीको राष्ट्रिय सवाल हो, घिसिङलाई दुई तिहाईको नेतृत्व गरेको ओली सरकारले लोकप्रिय कार्य गरेकै कारण हटाएको बताए । सरकारले राष्ट्र सेवक र जनतामाथि गरेको अन्याय भएको टिप्पणी गरे ।
प्राधिकरणलाई मुनाफातर्फ लगेको कुरा सबैलाई थाहै छ, लोडसेडिङ पनि अन्त्य गरेकै हुन् तर सरकारले बलमिच्याई गरेर हटाएकोले तत्काल निर्णय सच्याउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन