राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै
बुधबार, १३ चैत २०८१, ११ : २७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लगानी गर्ने योग्य रकम (तरलता) व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउन लागेको छ ।
राष्ट्र बैंकले बोलकबोल मार्फत ३० अर्ब रुपैयाँ निक्षेप २१ दिनको लागि उठाउन लागेको हो ।
राष्ट्र बैंकले बुधवार त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव माग गरेको छ । त्यसको लागि बुधवार ३ बजे अनलाइन मार्फत बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले बजारबाट उठाएको ३१ अर्बको साँवा तथा ब्याज चैत ३१ गते भुक्तानी गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले आचरण विपरीत सार्वजनिक गर्यो दिलभूषण पाठकको पक्राउ पुर्जीको सूचना
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन