मदिरा पसलमा ग्राहकको भिड, यस्तो छ कारण
काठमाडौँ । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् ।
नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा किनेर बाहिरिएको दृश्यसमेत देख्न सकिन्छ ।
भारतमा निश्चित व्यवसायीले मात्र मदिरा बिक्री गर्न पाउँछन् । सरकारबाट अनुमति लिएर निश्चित क्षेत्रमा मदिराको कारोबार हुने गर्दछ । प्रत्येक वर्ष यस्ता पसलका लागि आवेदन दिएर स्वीकृति लिनुपर्ने व्यवस्था सरकारले गरेको छ ।
चालु वर्षका लागि दिइएको अनुमतिपत्रको अन्तिम दिन ३१ मार्च हो । १ अप्रिलदेखि फेरि एक वर्षका लागि नयाँ अनुमतिपत्र लिनुपर्ने हुन्छ । ३१ मार्चपछि त्यस्ता पसलमा रहेका मदिरा सरकारले जफत गर्दछ । त्यसैले व्यवसायीहरूले आफ्नो स्टकमा रहेका सबै मदिरा बिक्री गर्नका लागि विभिन्न अफर सार्वजनिक गरेका छन् ।
कतिपय पसलमा एक बोतल मदिरा खरिद गर्दा अर्को बोतल सित्तैमा दिने अफरसमेत छ । त्यसैले यतिबेला नोएडाका मदिरा पसलमा भिड लागेको दृश्यसहितका भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण