राष्ट्रियसभा बैठक बिहीबारसम्मका लागि स्थगित
बुधबार, १३ चैत २०८१, १६ : ०४

काठमाडौँ । राष्ट्रियसभा बैठक बिहीबार मध्यान्ह १२ बजेर १५ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै दोस्रो बैठक पनि अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले बैठक बिहीबार सवा १२ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
बुधबार बसेको पहिलो बैठक पनि विपक्षी दलहरूले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए । दोस्रो बैठकमा पनि सरकारका तर्फबाट प्रधानमन्त्रीले जवाफ नदिँदासम्म सदन चल्न नसक्ने भन्दै प्रतिपक्षी दलहरूलmे अवरोध कायमै राखेपछि अध्यक्ष दाहालले बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनी भन्छन्, ‘जिम्मेबारीबाट पन्छिन मिल्दैन, हारको दोषी म हुँ’
-
सरकारले पूर्वाधार निर्माणलाई गति दिएको छ : मन्त्री दाहाल
-
सरकारको बेलैमा बुद्धि पलाएन भने माओवादीको जस्तै विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ : बुद्धिमान तामाङ
-
पाण्डे र तिम्सिनाको निलम्बन फुकुवाबारे छलफल गर्दै एमाले
-
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह