राष्ट्रियसभा बैठक बिहीबारसम्मका लागि स्थगित
बुधबार, १३ चैत २०८१, १६ : ०४
काठमाडौँ । राष्ट्रियसभा बैठक बिहीबार मध्यान्ह १२ बजेर १५ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनु पर्नाको कारण सरकारले दिनु पर्ने माग गर्दै दोस्रो बैठक पनि अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले बैठक बिहीबार सवा १२ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
बुधबार बसेको पहिलो बैठक पनि विपक्षी दलहरूले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए । दोस्रो बैठकमा पनि सरकारका तर्फबाट प्रधानमन्त्रीले जवाफ नदिँदासम्म सदन चल्न नसक्ने भन्दै प्रतिपक्षी दलहरूलmे अवरोध कायमै राखेपछि अध्यक्ष दाहालले बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण