मुआब्जा समस्या समाधान हुने भएपछि रेल्वे आयोजना पीडितको आन्दोलन स्थगित
बुधबार, १३ चैत २०८१, १९ : ५७
काठमाडौँ । रेल्वे आयोजन पीडितले आन्दोलन स्थगन गरेका छन् ।
एक सातादेखि रेल विभाग अगाडि रिले अनसन बसेर आन्दोलन गर्दै आएका बर्दिबासका रेल्वे आयोजना पीडितले बुधबार आन्दोलन स्थगित गरेका हुन् ।
भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयका सचिव केशवकुमार शर्मा, पूर्वमन्त्री गिरीराजमणि पोखरेल,रेल्वे विभागका महानिर्देशक अजय मूल र अन्य पदाधिकारीको उपस्थितिमा भएको छलफलमा रेल्वे आयोजनाको मुआब्जाको समस्या समाधान गर्ने सहमति भएसँगै आन्दोलन स्थगन गरेको जनाइएको छ ।
१२ वर्षदेखि रोक्का रहेको जग्गाको मुआब्जा नपाएको भन्दै पीडितहरू आन्दोलनमा उत्रिएका थिए।
बुधबार विभागमा भएको छलफलमा १४ घरको मुआब्जा यथाशीघ्र समस्या समाधान गर्ने भनी रिले अनशन केही दिनका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण