अनलाइन जुवा र क्रिप्टोकरेन्सीमा झण्डै तीन अर्ब कारोबार, ११ भारतीय काठमाडौँबाट पक्राउ
काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३, देउला टोलमा घर भाडामा लिएर अनलाइन जुवा (सट्टाबाजी) खेल्ने तथा खेलाउने कार्यमा संलग्न ११ भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीको विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन सट्टाबाजी तथा ९६ लाख ३३ हजार रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरू सबै जना ३० वर्षमुनिका रहेका छन् ।
पक्राउ परेका भारतीय नागरिकहरू
सनी मिणा (२४)
मोहित वर्मा (२५)
पिउस भारद्वाज (२६)
हरकेश डडैया )२५)
निशांत भारद्वाज (२२)
आकाश वर्मा (२३)
अंकित कुमार सैनी (१९)
सन्जु शाकला (२३)
रामसिंह जाठ (२८)
लोकेश कुमार (१९)
विकाश कुमार (१९)
उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनलाइन जुवा तथा क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी यो घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण