दक्षिण फ्लोरिडामा गोली चल्यो, महिला र तीन बालबालिकाको मृत्यु
बिहीबार, १४ चैत २०८१, १२ : ०१
वासिङटन डीसी । अमेरिकामा अर्को भयानक गोलीकाण्ड भएको छ । दक्षिण फ्लोरिडामा बुधबार राति गोली लागेर एक महिला र तीन बालबालिकाको मृत्यु भएको छ । यस घटनामा अन्य दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
ब्रोवार्ड शेरिफको कार्यालयका अग्नि उद्धार बटालियन प्रमुख माइकल केनले साउथ फ्लोरिडा सन सेन्टिनेललाई बताएअनुसार पेम्ब्रोक पार्कमा राति ८ बजेतिर गोलीबारी भएको थियो ।
घटनामा एक जना वयस्क पुरुष र एक केटीलाई अस्पताल लगियो । अस्पताल लगिएका दुई जनाको अवस्था तत्काल स्पष्ट हुन सकेको छैन । समाचार रिपोर्टहरूका अनुसार, पेम्ब्रोक पार्क प्रहरी प्रवक्ता इभान रसले गोलीबारीलाई घरेलु घटनाको रूपमा बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण