उत्तर कोरियाले रुसलाई सघाउन फेरि पठायो ३ हजार सिपाही
बिहीबार, १४ चैत २०८१, १२ : २२
सोल । उत्तर कोरियाले रुसलाई सघाउने कम्तीमा पनि ३ हजार सिपाही पठाएको छ । जनवरी र फेब्रुअरी महिनामा युक्रेनसँगको युद्धमा सघाउनका लागि सो सङ्ख्यामा सिपाही पठाइएको दक्षिण कोरियाले बिहीबार भनेको हो । उत्तर कोरिया र रुसले सैन्य सहकार्य गहिरो बनाउँदै गइरहेको चिन्ता बढिरहेकै समयमा यो खबर आएको हो । यो सहायताको बदलामा रुसले उत्तर कोरियालाई उन्नत सशस्त्र प्रविधि पठाउन सक्ने आकलन गरिएको छ ।
‘यसअघि नै उत्तर कोरियाले रुसतिर ११ हजार सिपाही पठाएको थियो । यीमध्ये ४ हजार सेनाको मृत्यु वा घाउचोटग्रस्त भएको अनुमान गरिएको छ । यस्तोमा जनवरी र फेब्रुअरीमा अरू ३ हजार सेना पठाइएको देखिएको छ,’ दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले भनेको छ । सेना बाहेक पनि उत्तर कोरियाले रुसतिर निरन्तर मिसाइल, गोला बारुद पठाइरहेको पनि भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण