राष्ट्र बैङ्कले गर्यो डिजिटल फाइनान्स इनोभेसन हब स्थापना
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको छ । राष्ट्र बैङ्कले बैङ्किङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गरी डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरेको जनाएको छ ।
आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकासका सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले उक्त हब स्थापना गरेको हो।
राष्ट्र बैङ्कले बिहीबार एक सूचना जारी गर्दै डिजिटल फाइनान्स इनोभेसन हबले सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, नन बाइन्डिङ गाइडेन्स परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने जानकारी दिएको छ । नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण