कुलमान प्रकरण : प्रधानमन्त्री जवाफ नदिने, विपक्षी अडान नछाड्ने
काठमाडौँ । कुलमान प्रकरणमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने विपक्षीको रटान र जवाफ नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण संसद् बैठक प्रभावित बनेको छ ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षको अडान र प्रधानमन्त्री जवाफ दिन तयार नभएकाले बुधवारदेखि अवरुद्ध संसद् बैठक अझै चल्न सकेको छैन ।
बुधबार दुई पटक स्थगित भएको प्रतिनिधि सभा बैठक बिहीबार ११ बजेलाई निर्धारण गरिएको थियो । तर बिहीबार ११ बजेको बैठक पनि बस्न नसकेपछि दिउँसो २ बजेलाई सारिएको थियो । डेढ घण्टा बित्दा समेत २ बजेका लागि तय भएको बैठक अझै बस्न सकेको छैन ।
संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले बिहीबार बिहानैबाट छलफल गरिरहेका छन् । छलफलमा प्रतिपक्षले प्रधानमन्त्रीले जवाफ नदिए सदन चल्न नदिने अडान राखेको छ भने सत्तापक्षले प्रधानमन्त्री जवाफ दिन नआउने बरु सरकारका तर्फबाट कसैले जवाफ दिन सक्ने बताउँदै आएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारका तर्फबाट कसैले जवाफ दिनसक्ने भए पनि प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ नदिने बताउँछन् ।
‘प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुहुन्न बरु सरकारको तर्फबाट कसैले जवाफ दिन सकिन्छ’, बर्तौलाले भने, ‘एउटा कर्मचारीको विषयमा प्रधानमन्त्रीले जवाफ दिँदै हिँड्ने कुरा राम्रो होइन ।’ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे भने प्रधानमन्त्रीबाहेक अन्यले जवाफ दिने कुरामा सहमत हुन नसक्ने बताउँछन् ।
‘विषय प्रवेश भइसकेपछि प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ प्रधानमन्त्रीबाहेक कसैले पनि जवाफ दिने विषयमा सहमत हुन सकिँदैन’, पाण्डेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण