थप ४ घण्टाका लागि ६ सय मेगावाट विद्युत् दिन भारत तयार
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का एवं परराष्ट्रमन्त्री डा. आरजु राणाको कूटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत् दिने सहमति जनाएको छ ।
इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत दिएको हो ।
उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ । हाल भारतले जुन ३० सम्मका लागि इन्डियन इनर्जी एक्सचेन्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।
ऊर्जामन्त्री खड्काको अनुरोध र परराष्ट्र मन्त्री राणाको कूटनीतिक पहलपछि भारतले थप विद्युत् दिने सहमति जनाएको ऊर्जा मन्त्रालयले जानकारी दिएको हो । नेपालमा सुक्खायाममा हुने विद्युत् समस्या समाधानका लागि भारतसरकारसँग थप विद्युत् माग गरेकोमा भारतले सहमति जनाएर विद्युत् उपलब्ध गराउनु हामी सबैका लागि खुसीको कुरा भएको मन्त्री खड्काले बताए ।
उनले भने, 'नेपाली जनतालाई चौबीसै घण्टा विद्युत् दिन सरकार प्रतिवद्ध छ, लोडसेडिङ हुने हल्ला मात्र हो, हल्लाको पछि कोही पनि नलागौँ ।'
प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने आशंका गरिएको थियो । तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युत्का अतिरिक्त ६ सय मेगावाट विद्युत् दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्सीको लतमा फस्नुअघि पेलेको चमकसमेत फिका पार्ने फुटबलका सुपरस्टार
-
इजरायलद्वारा इरानको पेट्रोकेमिकल केन्द्रमा आक्रमण
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण