सिटिटेकको गेट पे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य
काठमाडौँ । सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर “गेटे”लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेडमा सफल भुक्तानी व्यवस्थापन शुभारम्भ गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ। यस संस्थाले हाल सम्म फिन प्रो तथा फिन पस जस्तो नवीनतम सफ्टवेयर ल्याएर नेपालमा पहिले नै आफ्नो वर्चस्व कायम गरिसकेको छ।
हाल सञ्चालनमा आएको गेट पे बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणालीमार्फत भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गर्न सक्षम बनाउने प्लेटफर्म हो।
व्यवसायीहरूका लागि यो प्लेटफर्मले सबै कारोबारहरूको एकै स्थानबाट अनुगमन गर्ने, सुविधा दिने तथा फरक भुक्तानी प्रणालीहरूलाई एकीकृत प्रणालीमा समायोजन गर्नेछ। आधुनिक प्रविधिमार्फत वास्तविक समयमै कारोबार पूरा गर्ने क्षमताले गेट पे लाई अधिक कार्यकुशल, लागत प्रभावी र डिजिटल मैत्री साधन बनाएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण