हेनरिक क्लासेनको त्यो दुर्भाग्यपूर्ण क्षण !
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार राति लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबादबिच खेल भएको थियो । उक्त खेलमा लखनउले हैदराबादलाई पाँच विकेटले हराएको थियो ।
उक्त खेलमा हैदराबादका ब्याट्सम्यान हेनरिक क्लासेन दुर्भाग्यपूर्ण तरिकाले आउट हुन पुगेका थिए । क्रिजमा जमिसकेका क्लासेन दुर्भाग्यपूर्ण तरिकाले आउट हुनु पनि हैदराबादको हारको एउटा कारण बन्न पुग्यो ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान क्लासेन १७ बलमा एक छक्का र दुई चौकाको मद्दतले २६ रन बनाउँदै क्रिजमा थिए । तर, उनी १२औँ ओभरको अन्तिम बलमा अचम्म तरिकाले आउट हुन पुगे ।
लखनउका बलर प्रिन्स यादबको बललाई हैदराबादका ब्याट्सम्यान नितिश कुमार रेड्डीले सिधै अगाडितर्फ खेलेका थिए । नितिशले प्रहार गरेको बल तीव्र गतिमा गएर बलर प्रिन्सकै हातमा ठोक्किन पुगेको थियो ।
प्रिन्सको हातमा ठोक्किएर बल सिधै नन स्ट्राइकिङ ब्याट्सम्यान क्लासेनतर्फको स्टम्पमा ठोक्कियो । बलर प्रिन्सले जानेर उक्त बललाई स्टम्पङतर्फ फालेका थिएनन् । अन्जानमै बल प्रिन्सको हातमा लागेर स्टम्पमा ठोक्किएको थियो ।
तर, त्यतिबेला क्लासेन रन लिन अगाडि बढिसकेका थिए । क्लासेनले सेतो लाइन पार गर्नासाथ बल स्टम्पमा ठोक्किएको थियो । त्यसपछि दुर्भाग्यपूर्ण तरिकाले क्लासेन रनआउट हुन पुगे । यस्तो अप्रत्याशित आउटबाट क्लासेन आफै स्तब्ध बन्न पुगेका थिए ।
क्रिजमा उत्कृष्ट प्रदर्शन गरिरहेको एउटा ब्याट्सम्यानका लागि योभन्दा दुर्भाग्यपूर्ण क्षण अरु के हुन सक्ला ! बल प्रिन्सको हातमा ठोक्किएपछि उनी पनि घाइते भएका थिए । बलले उनको हातमा गम्भीर चोट लागेको थियो ।
मेडिकल टोलीले मैदानमै पुगेर उनको प्राथमिक उपचार गरेका थिए । लखनउका मयन्क यादव र आकाशदीप यसअघि नै घाइते अवस्थामा छन् । यस्तो स्थितिमा प्रिन्सको चोट लखनउका लागि अर्को चिन्ताको विषय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण