सिटिटेकको गेटपे प्लेटफर्म माछापुच्छ्रे बैंकमा
काठमाडौँ । सिटिटेक ग्रुपले नेपालको पहिलो "एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर" "गेटपे" लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा माछापुच्छ्रे बैंक लिमिटेडमा सफल शुभारम्भ गरेको छ ।
संस्थाले हाल सम्म फिन-प्रो तथा फिन-पस जस्तो नविनतम सफ्टवेयर ल्याएको जनाएको छ । हाल संचालनमा आएको गेटपे, बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणाली मार्फत भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गरि राफसाफ गर्न सक्षम बनाउने प्लेटफर्म भएको ग्रुपको भनाइ छ ।
एकै पटकमा धेरै भुक्तानी माध्यममा गेट्पेको पहुँच स्थापना हुने हुँदा जटिल भुक्तानी प्रणाली सहज हुने बताइएको छ ।
माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो दैनिक सञ्चालनमा समावेश गरिसकेको छ । माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ टोलीले भनेको छ, “गेटपैको माध्यमबाट हामीले व्यवसायीसँग सम्बन्धित सम्पूर्ण कारोबार र भुक्तानीहरू एकै ठाउँबाट हेर्न सक्ने सुविधा पाएका छौं, जसले बैंकको कार्यकुशलता अभिवृद्धि गर्नुका साथै ग्राहकलाई प्रदान गरिने सेवा अझ सरल र सबल बनाएको छ।”
साथै यस कार्यक्रम बारे सिटिटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्माले भने, "नेपाली बैंकहरूलाई एकीकृत भुक्तानी प्रणालीलाई सशक्त बनाउने नविनतम प्रबिधि प्रदान गर्ने दिशामा ऐतिहासिक नयाँ पाइला चालेका छौं। अबका दिनहरुमा नेपालका बैंक तथा बित्तिय संस्थाहरुको भुक्तानी व्यस्थापन तथा संचालनमा हाम्रो संस्थाको तर्फबाट अझै उलेख्य योगदान हुने छ । "
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण