बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौँ । इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सो आरोपमा इलाम नगरपालिका–४ बरबोटे बस्ने २२ वर्षीय दिपेश नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
दीपेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट बिब्ल्याटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै बर्दियामा पनि १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर
नगरपालिका–१० लालपुर बस्ने ३५ वर्षीय वसन्त थारु पक्राउ परेका छन् । उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । वसन्तले ती बालिकालाई सोही नगरपालिका–१० कोठियाघाटस्थित गेरूवा कर्णाली नदीको किनारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी
कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण