अवरुद्ध सदन खुलाउन सभामुखले डाकेको छलफल निष्कर्षविहीन
काठमाडौँ । सभामुख देवराज घिमिरेले बुधबारदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक सुचारु गर्न गरेको छलफल निष्कर्षविहिन भएको छ । संसद् भवन नयाँ वानेश्वरमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफल विनानिष्कर्ष सकिएको हो ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले सभामुख घिमिरेले गरेको प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफल विनानिष्कर्ष सकिएको जानकारी दिए । ‘सभामुखज्यूले बोलाएको छलफल विनानिष्कर्ष सकियो,’ बर्तौलाले रातोपाटीसँग भने, ‘हामीले थप छलफल गरिरहेका छौँ । आज खुलाउने हाम्रो प्रयास जारी छ ।’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै आएका छन् । पटक–पटक भएका बैठकमा दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नहुँदा समस्याको निकास निस्कन सकेको छैन ।
कुरा नमिल्दा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । केही ढिला गरेर भए पनि आज संसद् सञ्चालनको वातावरण बनाउन आफूहरू छलफल गरिरहेको बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण