प्रतिस्थापन विधेयक अघि बढाउन खोजे विपक्षी दलले राष्ट्रियसभा बहिष्कार गर्ने
काठमाडौँ । राष्ट्रियसभामा सरकार र सत्तारुढ दलले दबाबमा प्रतिस्थापन विधेयक अघि बढाउन खोजिए विपक्षी दलहरूले बैठक बहिष्कार गर्ने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का नेता तथा राष्ट्रियसभा सदस्य डा. बेदुराम भुसालले प्रतिस्थापन विधेयक आफूहरूको असहमतिबिच अगाडि बढाउन खोजिए बैठक बहिस्कार गर्ने जानकारी दिए ।
‘हामीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनुपर्ने माग गरेर सदन अवरुद्ध गर्दै आएका छौँ । हाम्रो माग बेवास्ता गर्दै बैठक अघि बढाएर प्रतिस्थापन विधेयक अगाडि बढाउन खोजिएर हामीले बहिस्कार गर्छौ,’ उनले भने ।
शुक्रबार दिउँसो १ः१५ बजेका लागि आह्वान गरिएको राष्ट्रियसभा बैठकमा प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभाले पारित गरेर पठाएका सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन)विधेयक, २०८१, नीजिकरण (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ आज दफावार छलफल गरी पारित गर्ने कार्यसूची राष्ट्रियसभामा राखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण