प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ः१५ बजेससम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले एक बजे सूचना टासेर १ः१५ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
‘मा। सदस्यहरु, ०८१।१२।१५ गतेको प्रतिनिधि सभाको बैठक विशेष कारण आजै दिनको १ः१५ बजे बस्ने गरी सम्माननीय सभामुखबाट निर्धारण भएको व्यहोरा अनुरोध छ,’ संघीय संसद सचिवालयका महासचिव पद्मकुमार पाण्डेले निकालेकाे सूचनामा उल्लेख छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै आएका छन् । पटक–पटक भएका बैठकमा दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नहुँदा समस्याको निकास निस्कन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण