प्रतिनिधिसभा बैठक : आइतबारसम्म सूचना टाँसेर स्थगित
काठमाडौँ । विपक्षी दलहरूसँग कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
घिसिङलाई सरकारले पदबाट हटाएको प्रकरणमा विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै आएका छन् । पटक–पटक भएका बैठकमा दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नहुँदा समस्याको निकास निस्कन सकेको छैन ।
सभामुख देवराज घिमिरेले बिहान ११ बजे बोलाएको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा पनि दुवै पक्ष आ-आफ्नो अडानमा टसमस नगरेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण