कुललमान हटाएकोमा उद्योगी खुसी, चौबीसै घण्टा बिजुली पाउने आशा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व परिवर्तनप्रति सिमेन्ट उद्योगीहरु खुसी देखिएका छन् ।
शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघले एक विज्ञप्ति जारी गर्दै नयाँ नेतृत्व आएसँगै भारतबाट थप बिजुली ल्याएर उद्योगहरूमा लोडसेडिङ हटाउन खोजेको भन्दै खुसी व्यक्त गरेको छ । सरकार र विद्युत् प्राधिकरणको नयाँ नेतृत्वबाट औद्योगिक क्षेत्रले निरन्तर २४ सै घन्टा आवश्यकता अनुसारको विद्युत् प्राप्त हुने निश्चित देखिएको संघकोे भनाई छ ।
उद्योग व्यवसाय प्रवद्र्धनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतापछि औद्योगिक क्षेत्रले राहत महसुस गरेको संघको विज्ञप्तिमा उल्लेख छ।
थप विद्युत आयात गरी उद्योग प्रतिष्ठानको लोडसेडिङ कमी गर्ने गराउने र महत्त्वपूर्ण अभिभावकीय जिम्मेवारी पूरा गर्न सफल प्राधिकरण नेतृत्वलाई संघले समेत धन्यवाद दिएको छ ।
संघको विज्ञप्तिमा भनिएको छ– ‘नेपालमा औद्योगिक क्षेत्र खासगरी सिमेन्ट उत्पादकलगायतका ठूला उद्योगमा दैनिक २४ सै घण्टा विद्युत आपूर्ति हुन नसक्दा ९/१२ घन्टा वा सोभन्दा बढी समय लोडसेडिङ भएका कारण उत्पादन क्षमताअनुसार सिमेन्ट उत्पादन हुन नसकेको, उत्पादन लागत अत्यधिक वृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएका कारण ठूलो नोक्सानी र मर्का परिरहेको तथा सोही कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिवृद्धि, निर्यात प्रवद्र्धनसमेतमा गम्भीर असर परेको सरोकारवालालाई जानकारी रहे, भएकै विषय हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जार’ अभिनयले एउटा सपना पूरा भयो : अभिनेता सौगात मल्ल
-
सिंहदबारपछि बानेश्वरमा ओली–प्रचण्डको तस्बिर चर्चा
-
स्क्विड गेमको सिजन ३ ल्याउँदैछन् मेकर
-
भयानक कार दुर्घटनामा इन्डियन आइडल–१२ विजेता पवनदीप राजन घाइते
-
ओलीको जेलजीवन सम्झाएर खगराजले मागे गण्डकीलाई बजेट
-
लेडी गागाको कन्सर्टमा बम प्रहार गर्ने प्रयास विफल