कुललमान हटाएकोमा उद्योगी खुसी, चौबीसै घण्टा बिजुली पाउने आशा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नेतृत्व परिवर्तनप्रति सिमेन्ट उद्योगीहरु खुसी देखिएका छन् ।
शुक्रबार नेपाल सिमेन्ट उत्पादक संघले एक विज्ञप्ति जारी गर्दै नयाँ नेतृत्व आएसँगै भारतबाट थप बिजुली ल्याएर उद्योगहरूमा लोडसेडिङ हटाउन खोजेको भन्दै खुसी व्यक्त गरेको छ । सरकार र विद्युत् प्राधिकरणको नयाँ नेतृत्वबाट औद्योगिक क्षेत्रले निरन्तर २४ सै घन्टा आवश्यकता अनुसारको विद्युत् प्राप्त हुने निश्चित देखिएको संघकोे भनाई छ ।
उद्योग व्यवसाय प्रवद्र्धनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतापछि औद्योगिक क्षेत्रले राहत महसुस गरेको संघको विज्ञप्तिमा उल्लेख छ।
थप विद्युत आयात गरी उद्योग प्रतिष्ठानको लोडसेडिङ कमी गर्ने गराउने र महत्त्वपूर्ण अभिभावकीय जिम्मेवारी पूरा गर्न सफल प्राधिकरण नेतृत्वलाई संघले समेत धन्यवाद दिएको छ ।
संघको विज्ञप्तिमा भनिएको छ– ‘नेपालमा औद्योगिक क्षेत्र खासगरी सिमेन्ट उत्पादकलगायतका ठूला उद्योगमा दैनिक २४ सै घण्टा विद्युत आपूर्ति हुन नसक्दा ९/१२ घन्टा वा सोभन्दा बढी समय लोडसेडिङ भएका कारण उत्पादन क्षमताअनुसार सिमेन्ट उत्पादन हुन नसकेको, उत्पादन लागत अत्यधिक वृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएका कारण ठूलो नोक्सानी र मर्का परिरहेको तथा सोही कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिवृद्धि, निर्यात प्रवद्र्धनसमेतमा गम्भीर असर परेको सरोकारवालालाई जानकारी रहे, भएकै विषय हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण