आजको घटनाको जिम्मेवारी सरकारले लिनुपर्छः धवलशमशेर राणा

काठमाडौँ । व्यवस्था विरोधी राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणाले आज प्रदर्शनका क्रममा भएको सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
शुक्रबार साँझ रातोपाटीसँग कुरागर्दै उनले सरकारले नै प्रदर्शनकारीलाई उत्तेजित बनाउँदा अप्रिय अवस्था निम्तिएको दाबी गरे ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै तिनकुनेमा भएको नागरिकहरुको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीहरूले बल प्रयोग गरि दमन, अश्रुग्यास प्रहार, लाठीचार्ज गरेको उनले जिकिर गरे ।
‘आन्दोलनका क्रममा हुन आउने जनधनको क्षतिको जिम्मेवारी गृह प्रशासन, राज्य र सरकारले लिनु पर्छ’, उनले भने । प्रदर्शनमा बल प्रयोग गरि आन्दोलनलाई रोक्ने सरकारको रणनीति नेपाली जन समर्थनले विफल पार्ने समेत उनले दाबी गरे ।
सरकारले समय रहँदै सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन, विरोध कार्यक्रम, र संगठित रूपमा अन्य क्षेत्रहरूमा आन्दोलन विस्तार गरिने उनले बताए ।
उनले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीको गोली लागि किर्तिपुरका २९ वर्षिय सविन महर्जनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोप्रति दुःख समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म