आजको घटनाको जिम्मेवारी सरकारले लिनुपर्छः धवलशमशेर राणा
काठमाडौँ । व्यवस्था विरोधी राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणाले आज प्रदर्शनका क्रममा भएको सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
शुक्रबार साँझ रातोपाटीसँग कुरागर्दै उनले सरकारले नै प्रदर्शनकारीलाई उत्तेजित बनाउँदा अप्रिय अवस्था निम्तिएको दाबी गरे ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै तिनकुनेमा भएको नागरिकहरुको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीहरूले बल प्रयोग गरि दमन, अश्रुग्यास प्रहार, लाठीचार्ज गरेको उनले जिकिर गरे ।
‘आन्दोलनका क्रममा हुन आउने जनधनको क्षतिको जिम्मेवारी गृह प्रशासन, राज्य र सरकारले लिनु पर्छ’, उनले भने । प्रदर्शनमा बल प्रयोग गरि आन्दोलनलाई रोक्ने सरकारको रणनीति नेपाली जन समर्थनले विफल पार्ने समेत उनले दाबी गरे ।
सरकारले समय रहँदै सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन, विरोध कार्यक्रम, र संगठित रूपमा अन्य क्षेत्रहरूमा आन्दोलन विस्तार गरिने उनले बताए ।
उनले शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीको गोली लागि किर्तिपुरका २९ वर्षिय सविन महर्जनको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोप्रति दुःख समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण