कतारमा डा घलेले भने– तोकिएकै मितिमा एकता महाधिवेशन हुन्छ
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा शेष घलेले एकता महाधिवेशन सर्वोच्चको परमादेश अनुसार तोकिएकै मितिमा हुने बताएका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारद्वारा बिहीबार साँझ कतारको दोहा स्थित प्लाजा इन होटेलमा आयोजित बृहत् अन्तर्क्रियामा संयोजक घलेले तीन महिना अगावै मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा संघको महाधिवेशन हुने बताएका हुन् । घलेले भने, ‘तोकिएको मितिमा महाधिवेशन हुन्छ, मिति परिवर्तन गर्नु भनेको “रुल अफ ल” को बर्खिलापमा जानू हो , हामी त्यसो गर्न सक्दैनौँ ।’
उनले रिब्राण्डिङ सहितको एनआरएनए बनाउने अभियानमा लाग्न सबै अभियन्ताहरूलाई आह्वान गरे।
एनआरएनए अभियान्ताहरुको बाक्लो उपस्थित सहित भएको छलफलले आफूलाई झनै ऊर्जावान् बनाएको र आफू गएका देशहरूमध्ये संस्थाका लागि कतार उद्गम थलो सहितको नेतृत्व विकास गर्न सक्ने देश रहेको बताए । उनले आगामी मे महिनामा काठमाडौंमा हुने महाधिवेशनमा उत्साहपूर्व सहभागी भई एकताको महाधिवेशनलाई सफल पार्न आग्रह गरे ।
उच्चस्तरीय समितिका संयोजक विनोद कुँवरले सहमतिको पालना नगर्दा संस्थाको यो हविगत भएको बताए । उनले सर्वोच्च अदालतको परमादेश पालना गर्नुको विकल्प नरहेको बताए । सर्वोच्चको फैसलालाई टेकेर तयार गरिएको कार्यविधिअनुरूप एकताको महाधिवेशन तयारी भइरहेको र सङ्घलाई एकताबद्ध बनाउने जिम्मेवारी सबै अभियन्ताहरूको काँधमा आएको उल्लेख गर्दै उक्त जिम्मेवारी मिलेर पूरा गर्नुपर्नेमा जोड दिए।
अभियन्ता आरके शर्माले संघको विरासत जोगाउने यो अन्तिम अवसर भएकाले नगुमाउन सबै अभियन्ताहरुलाई आग्रह गरे थिए । यस्तै बद्री केसी पक्षका उपाध्यक्ष राज रेग्मी “राजु”ले आफूहरू एकताको पक्षमा नै रहेको तर आन्तरिक रूपमा भएका असमझदारीलाई मिलाएर सिङ्गो एनआरएनए बनाउन शेष घलेलाई अनुरोध गरे ।
सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा काठमाडौँमा संंघको एकता महाधिवेशनको मिति तय गरिसकेको छ । उक्त अधिवेशनमा सहभागी हुनलाई पूरा गर्नुपर्ने पहिलो सर्त सदस्यता लिने मिति ३१ मार्च सम्म रहेको छ ।
कतारमा रहेका दुई राष्ट्रिय समन्वय परिषद्हरूको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रमको सभापतित्व रमेश भट्टले गरेका थिए भने अध्यक्षता सुनिल कुमार घिमिरेले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण