आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
काठमाडौं । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।
नेपाली सेनाका तर्फबाट यस दिन टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण