बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले जब दुर्घटनावश पोखिएको कफी आफै सफा गरे... (भिडियोसहित)

बुधबार, २३ जेठ २०७५, ११ : ५९
बुधबार, २३ जेठ २०७५

मार्क रुथ, नेदरल्याण्डका प्रधानमन्त्री केही राम्रो कारणसहित सोसल मिडियामा भाइरल भएका छन् । वास्तवमा, प्रधानमन्त्री मार्कले डच संसदमा आफूले पोखाएको कफी आफै सफा गरेर भाइरल भएका हुन् ।

प्रधानमन्त्रीले संसद भवनमा दुर्घटनावश पोखाएको कफीको कपलाई उठाएको भिडियो डच कूटनीतिज्ञले ट्वीटरमा पोष्ट गरेपछि उनी भाइरल भएका हुन् ।

सरसफाइ गर्ने कर्मचारीको हातमा राखिएको मप लिएर उनले आफूले पोखाएको कफी आफैंले सफा गरेका हुन् । उनले सफा गरिरहँदा त्यहाँका अन्य कर्मचारीले ताली बजाएर उनलाई सम्मान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप