न्युजिल्याण्डविरुद्ध पाकिस्तानको हारको शृंखला जारी
नेपियर । न्युजिल्याण्डले पाकिस्तानलाई एकदिवसीय शृंखलाको पहिलो खेलमा ७३ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा ३ सय ४५ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४४.१ ओभरमा २ सय ७१ रनमा सीमित बनेको हो ।
पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ७८ रनको योगदान दिए । उनले ८३ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे । सलमान आघाले ४८ बलमा ५८ रन जोडे । उनले ५ चौका र २ छक्का हिर्काए ।
उसमान खानले ३९ रन, अब्दुल्लाह सफिकले ३६ रन तथा कप्तान मोहम्म रिजवानले ३० रन बनाए । अन्य ब्याटर दोहारो अंकमा रन नजोडी पभेलियन फर्किएका थिए ।
न्युजिल्याण्डका नाथन स्मिथले ८.१ ओभर बलिङ गर्दै ४ विकेट लिए । जेकब डफीले २ तथा विल ओ’रोर्क, माइकल ब्रेसवेल र मुहमद अब्बासले १–१ विकेट हात पारे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ४४ रन बनाएको थियो । टोलीका लागि मार्क च्यापमेनले शतकीय इनिङ्स खेलेका थिए । उनले मात्र १११ बलमा १ सय ३२ रन बनाए । उनले १३ चौका र ६ छक्का प्रहार गरे ।
डेरल मिचेलले ८४ बलमा ७६ रन जोडे । उनले ४ चौका र समान छक्का प्रहार गरे । मुहमद अब्बसाले पनि तीव्र गतिमा अर्धशतक बनाए । उनले २६ बलमा ५२ रन बनाए । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
पाकिस्तानका लागि इरफान खानले ५ ओभरमा ५१ रन खर्चेर ३ विकेट लिए । अकिफ जाभेद र ह्यारिस राउफले २–२ विकेट तथा नसिम साह र मोहम्मद अलीले १–१ विकेट लिए ।
जीतसँगै ३ खेलको शृंखलामा न्युजिल्याण्डले १–० अग्रता बनाएको छ । यसअघि टी–२० शृंखलामा घरेलु टोलीले पाकिस्तानलाई ४–१ ले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण