राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका छन् । शनिबार राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौँको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखकले राजावादीहरुले अपराधिक चरित्र देखाएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका हुन् ।
गृहमन्त्री लेखकले सुरक्षा निकायका अधिकारीसहित तीनकुनेमा भएको आगजनी, बिभिन्न सञ्चारगृहमा भएको तोडफोडका साथै नेकपा एकीकृत समाजवादीको कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका थिए ।
उनले शुक्रबार भएको घटनाको राजनीतिक आदर्श, मूल्यमान्यतासँग कुनै साइनो नरहेको उल्लेख गरे । राजावादीले छानिछानी आगजनी, तोडफोड र लुटपाटको नियोजित घटना घटाएकाले दोषीलाई कारबाही गर्ने उनले बताए ।
शुक्रबार राजावादीहरुले काडमाडौँका बिभिन्न स्थानमा आगजनी, तोडफोडका साथै लुटपाट गरेका थिए । राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण