ईदले आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने पूर्वराष्ट्रपति भण्डारीको विश्वास
सोमबार, १८ चैत २०८१, ०८ : ०४

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको शुभकामना दिएकी छन् । सामाजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति भण्डारीले ईद पर्वले परिवार तथा समाजमा आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने विश्वास व्यक्त गरेकी हुन् ।
“रमजानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने ईद उल फित्रको सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना छ”, पूर्वराष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको रोग वाइसीएलमा पनि सर्यो, गम्भीर भएर समीक्षा गर्नुहोस्– प्रचण्ड
-
नुवाकोटको घटना सम्झँदै प्रचण्डले भने– छाडा भएर राजावादीहरूले माओवादीमाथि आक्रमणको कोसिस गरे
-
परम्परागत सीपमा आधारित युवा सञ्जालमा नयाँ समिति चयन
-
जलाशययुक्त आयोजना छाडेर प्राधिकरणले किन दिँदैछ ‘पम्प स्टोरेज’ मा ध्यान ?
-
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
-
६ महिनापछि घर फर्किए तिङ्करवासी