सलमानको ‘सिकंदर’ को बक्स अफिसमा सुस्त सुरुवात
मुम्बई । बलिउड सुपरस्टार सलमान खानको बहुप्रतिक्षीत ईदमा रिलिज भएको फिल्म 'सिकंदर' ले बक्स अफिसमा सुस्त सुरुवात गरेको छ। फिल्मले सुरुवाती दिनमा २६ करोड भारतीय रुपैयाँ कमाएको छ, जुन अपेक्षाभन्दा कम हो ।
यो आंकडासँगै फिल्मले पहिलो दिन शानदार व्यापार गरेको विक्की कौशलको 'छवा' को ओपनिङ कलेक्सनलाई पनि उछिन्न सकेन । भ्यालेन्टाइन डेको अवसरमा रिलिज भएको विक्की कौशल र रश्मिका मन्डानाको फिल्म 'छवा' ले पहिलो दिन बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेको थियो। फिल्मले पहिलो दिनमै ३१ करोडको आँकडा पार गरेको थियो ।
सिकन्दर पहिलो दिनको कलेक्सनको हिसाबले यो फिल्म सलमानको शीर्ष ५ फिल्ममा समावेश हुन सकेन। सलमान खानका शीर्ष ५ ओपनिङ फिल्महरूको कुरा गर्दा, यो सूचीमा 'टाइगर ३' (२०२३) शीर्ष स्थानमा छ, जसको ब्लकबस्टर ओपनिङ ४४.५० करोड रुपैयाँ थियो। यसपछि, 'भारत' (२०१९) ले ४२.३० करोड रुपैयाँ, 'प्रेम रतन धन पायो' (२०१५) ले ४०.३५ करोड रुपैयाँ र 'सुल्तान' (२०१६) ले ३६.५४ करोड रुपैयाँको ओपनिङ गरेको थियो।
फिल्मलाई लिएर फ्यानहरूमाझ ठुलो क्रेज थियो, तर यसका बाबजुद पनि पहिलो दिनको प्रदर्शन अपेक्षाभन्दा कम रह्यो। चलचित्रले सामना गरेको सबैभन्दा ठुलो धक्का अनलाइन पाइरेसीको कारण थियो। यो फिल्म रिलिज हुनुभन्दा एक रात अघि इन्टरनेटमा लिक भएको थियो, जसले गर्दा यसको बक्स अफिस कलेक्सनमा असर परेको भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण