सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
धरान । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा हुने लागुऔषधको समस्यालाई न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उच्च महत्व दिएको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं १ बराहवाहिनी मुख्यालय सुनसरीको २४औँ स्थापना दिवसका अवसरमा उनले लागुऔषधको प्रमुख समस्या रहेको कोशी प्रदेशमा विशेष योजना बनाएर काम गर्न बराहवाहिनी मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएका हुन् ।
अर्यालले वाहिनी र मातहतका युनिटले सीमित बन्दोबस्ती तथा संरचनाका बाबजुत बेसको सीमा सुरक्षा, लागुऔषध विपत व्यवस्थापनलगायत विविध क्षेत्रमा देखाएको प्रभावकारी कार्य सम्पादन प्रशंसनीय रहेको बताए ।
वाहिनी स्थापना दिवसका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अवार्ड, विपद् उद्धार, आन्तरिक व्यवस्थापन, अपरेसन कार्यलगायतका विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारी वीरगति प्राप्त राष्ट्रसेवकका परिवारसहित सशस्त्र प्रहरी बललाई सहयोग गर्ने सङ्घसंस्थालाई महानिरीक्षक अर्यालले सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण