बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग सञ्चालन तथा व्यवस्थापनका लागि कानुन बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन आदेशमा स्थापना भई सञ्चालन हुँदै आएको आयोगको स्थायित्व र दीर्घकालीन व्यवस्थापनका लागि कानुन निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले आयोग गठन, सञ्चालन तथा व्यवस्थापनको कानुन निर्माण गर्न मस्यौदा तयारीका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त ऐनले आयोगको कामकारबाही र व्यवस्थापनको विषयलाई थप बलियो र मजबुत बनाउने छ ।
बैठकले पूर्वाधार विकास कार्यालय ललितपुरको प्रमुख पद रिक्त रहेकाले सिनियर डिभजिनल इन्जिनियर राजु श्रेष्ठलाई कायम मुकायम प्रमुखको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । सिनियर डिभिजनल इन्जिनियर नवीन सिंह बढुवा भई यातायात पूर्वाधार निर्देशनालयको निर्देशक भयसँगै सो उक्त कार्यालयका प्रमुख पद रिक्त रहेको थियो । मन्त्री लामिछानेका अनुसार अधिकतम ६ महिनाको लागि श्रेष्ठलाई कामु प्रमुखको जिम्मेवारी दिइएको हो ।
बैठकले प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि २०८१ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त कार्यविधि अनुसार आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा स्थानीय तहलाई वितरण हुने समपुरक अनुदानको व्यवस्थापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण