जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट प्रेस मञ्च, नेपालको अधिवेशनबाट विभिन्न जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएका छन् ।
बारा, पर्सा र रौतहटमा आयोजित अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रेस मञ्च नेपालका महासचिव अवधेश झाले जानकारी दिएका हुन् । उनकाअनुसार पर्सामा रामजी यादव, बारामा मेघराज पासमान (निखिल) र रौतहटमा किशोरी यादवको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरिएको छ ।
संगठनले मधेस प्रदेशअन्तर्गतका जिल्लामा अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार सङ्गठनले चैत्र २० गते सिरहा, २१ गते सप्तरी, २२ गते महोत्तरी, २३ गते धनुषा र २४ गते सर्लाही जिल्ला अधिवेशन गर्ने भएको छ ।
अन्य प्रदेशअन्तर्गतका जिल्लाहरूको अधिवेशन सम्पन्न भएसँगै संगठनको केन्द्रीय समितिको अधिवेशन गरिने महासचिव झाले बताए । जसपा नेपालले पार्टीनिकट भ्रातृ सङ्गठनहरुको वैशाख मसान्तसम्म अधिवेशन गरिसक्न सर्कुलर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण