काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च (तस्बिरहरू)
काठमाडौँ । यो साताको सुरुवातदेखि नै काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च रहेको छ । प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ जसका कारण विमानको उडानमा पनि समस्या आइरहेको छ ।
आइतवारदेखि निकै अस्वस्थकर भएको काठमाडौँको वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ । बुधवार काठमाडौँ विश्वको प्रदूषित सहरहरूमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुवाँ उडे जस्तो देखिएको छ ।
“आज काठमाडौँ सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरको दोस्रो स्थानमा पुगेको छ तर वायु प्रदूषण घटेर होइन कि दिल्लीको प्रदूषण बढेर । भोलि देखि थोरै प्रदूषण घट्ने देखिए पनि अर्को हप्तादेखि वर्षाको सम्भावना छ र आँखा पोल्न छोड्ला ।,” मौसमविद् विनोद पोखरेलले ट्विटरमा लेखेका छन् ।

आईक्यूएयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौँको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।

जबकि १०१ देखि १५० लाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमाडौँ निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण