आठ गोलको थ्रिलरसँगै रियल फाइनलमा
मड्रिड । आठ गोलको थ्रिलरपछि रियल सोसिडाडलाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । योसँगै टोलीले सिजनमा ट्रेबल जित्ने आशा कायम राखेको हो ।
सब्सिटट्युट एन्टोनियो रुडिगरले अतिरिक्त समयमा गोल गर्दै रियललाई रोमाञ्चक जित दिलाए । ११५ औँ मिनेटमा आर्डा गुलेरको कर्नरमा उनले हेडमार्फत गोल गरे । यसअघि, निकै प्रतिस्पर्धात्मक दोस्रो हाफमा २१ मिनेटको अन्तरालमा दुवै पक्षबाट ५ गोल भएको थियो ।
पहिलो लेगमा १–० ले पछि परेको रियल सोसिडाडले १६ औँ मिनेटमा एन्डर बारनेटसियाको गोलको मद्दतले अग्रता लिएको थियो । तर, ३० औँ मिनेटमा ब्राजिलियन युवा खेलाडी एन्ड्रिकले बराबरी गोल फर्काए ।
७२ औँ मिनेटमा डेभिड अलाबाले आत्मघाती गोल गरेपछि सोसिडाडले पुनः खेलमा अग्रता लियो । मिकेल ओयार्जाबालले ८० औँ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई ३–१ को अग्रता दिलाए । समग्रमा सोसिडाड ३–२ ले अघि थियो ।
तर, दुई मिनेटपछि नै जुड बेलिङह्यामले एक गोल फर्काउँदै समग्रमा खेल बाराबरी गरे । ४ मिनेटपछि औरेलियन टुअमानीले गोल गरेपछि रियलले समग्रमा ४–३ गोलको अग्रता बनाउन सफल भयो ।
जिततर्फ सजिलै अघि बढिरहँदा ओयार्जाबालले इन्जुरी समयमा गोल गर्दै पुनः सम्रगमा खेल ४–४ को बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त समयमा रुडिगरले गोल गर्दै रियललाई जित दिलाए ।
अब बुधबार एट्लेटिको मड्रिड र बार्सिलोनाबिच दोस्रो सेमिफाइनल खेल हुनेछ । पहिलो लेगमा दुई टोली टोलीबिच ४–४ गोलको बराबरी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण