सलमानको ‘सिकन्दर’को बिजोगः दर्शक नआएपछि तेस्रो दिनमै हलबाट हटाइयो
मुम्बई । बलिउड अभिनेता सलमान खानको फिल्म सिकन्दर मार्च ३० मा रिलिज भएको थियो । रिलिज हुनुभन्दा अगाडि नै यो फिल्म चर्चामा थियो, तर फिल्मले दर्शकलाई प्रभावित गर्न असफल भइरहेको देखिन्छ ।
यही कारणले गर्दा फिल्मका धेरै शोहरू रद्द भइरहेका छन् । धेरै हलहरूमा अब सिकन्दरको सट्टा मोहनलालको फिल्म एलटूः एम्पुरन प्रदर्शन भइरहेको छ ।
बलिउड हंगामाको हालैको रिपोर्टअनुसार, सिकन्दरलाई सुरत, अहमदाबाद, भोपाल र इन्दौरका धेरै हलहरूबाट हटाइएको छ। मुम्बईको कांदिवलीस्थित आइनक्स रघुलीलामा साँझ ५ः३० बजे हुने सिकन्दरको शोलाई अब चलचित्र उम्बारोले प्रतिस्थापन गरेको छ । १ अप्रिलबाट, सिकन्दरको राति ९ः३० बजेको शो पनि हटाइएर अल द बेस्ट पाण्ड्या सुरु गरिएको छ ।
सिनेपोलिस सीवुड र पीभीआर ओरियन मलमा हुने ९ः३० बजे र ५ः३० बजेको शोलाई मोहनलालको फिल्म एल२ः एम्पुरनले प्रतिस्थापन गरेको छ । दक्षिण मुम्बईको आइनक्स नरिमन पोइन्टमा बेलुका ८ बजे र मेट्रो आइनक्समा ८ः३० बजे सिकन्दरको सट्टा, जोन अब्राहमको फिल्म डिप्लोमेट प्रदर्शन गरिएको छ ।
मार्च ३० मा रिलिज भएको फिल्म सिकन्दरले २६ करोड रुपैयाँको ओपनिङ कलेक्सन गरेको थियो । आइतबार रिलिज हुँदा फिल्मलाई फाईदा भयो । भोलिपल्ट, ईदको अवसरमा, फिल्मको कमाईमा उछाल आयो । फिल्मले दोस्रो दिन २९ करोड र तेस्रो दिन १९.५ करोड कमाएको थियो । फिल्मको कुल कलेक्सन ७४५ करोड रुपैयाँ पुगेको छ।
फिल्म सिकंदरलाई एआर मुरुगादोसले निर्देशन गरेका छन्, जसले गजनी जस्तो उत्कृष्ट फिल्म निर्देशन गरेका थिए । फिल्ममा सलमान खानको अपोजिटमा रश्मिका मन्दाना देखिएकी छिन् । फिल्ममा शरमन जोशी, काजल अग्रवाल, सत्यराज, प्रतीक बब्बरको पनि महत्त्वपूर्ण भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण