टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
सोमबार, ०१ असार २०८३, ११ : १६
सारांश
- सुदूरपश्चिम प्रदेश सरकारले कैलालीमा टेम्पो भिरबाट खसालेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
- प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
- समितिलाई सात दिनभित्र सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
काठमाडौँ । कैलालीमा टेम्पो भिरबाट खसालेको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन् ।
समितिलाई सत्य तथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
गत जेठ २९ गते डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले अतिक्रमण हटाउने क्रममा गोदावरी नगरपालिका वडा नम्बर ४ मा एक महिलाको टेम्पो भिरबाट खसालिएको भिडियो सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण