सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी

सोमबार, ०१ असार २०८३, ११ : १६
सोमबार, ०१ असार २०८३

पर्वत । फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् ।

कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन् । दक्षिण कोरियाको जागीरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उनी अहिले गाउँको उदाहरणीय किसान बनेका छन् । 

पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन् । उनले केरा स्थानीय फलेवास, कुश्मा, पोखरा र काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरेका छन् । पौडेलले यस वर्ष करिब ६० क्विन्टल खर्बुजा बिक्री गरेको बताए । 

यसैगरी, उनले भक्तपुरे लोकल काक्रोको ३० केजी बीउ बिक्री गरेका छन् । आठ रोपनी क्षेत्रफलमा काक्रोखेती गरेका छन्। उनले प्रतिकिलो काक्रोका बीउ रु दश हजारमा बिक्री गरेका छन् । कृषि औजार तथा मल बीउ खरिदका लागि स्थानीय फलेवास नगरपालिकाले पौडेललाई सहयोग पु-याएको छ ।

त्यसैगरी कृषि विकास कार्यालय पर्वतले राजमार्ग/करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत चालु आवमा केराखेती विस्तारका लागि रु एक लाख ५५ हजार आर्थिक सहयोग गरेको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप