बागमती प्रदेशसभाको सचिवमा पौडेल नियुक्त
हेटौँडा । बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको सचिवमा पौडेललाई नियुक्त गरेका हुन् ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १९५ को उपधारा (१) अनुसार पौडेललाई सभाको सचिवमा नियुक्त गरेका हुन् । महालक्ष्मी नगरापालीका–९ लामाटार स्थायी ठेगाना भएका पौडेल नेपाल सरकारका सहसचिव हुन् ।
प्रतिनिधिसभा सचिवालयमा सहसचिव पदमा कार्यरत पौडेलले प्रदेशसभाको सचिवमा नियुक्त हुनका लागि गत चैत १७ गते उक्त पदबाट राजिनामा दिएका थिए । घरायसी कारणले राजीनामा दिएको उल्लेख गरेका उनको चैत १७ मा नै राजीनामा स्वीकृत भएको बुझिएको छ ।
संघीय संसदमा १७ वर्ष सेवा गरेका उनलाई प्रदेशसभाको ५ वर्ष अवधिका लागि नियुक्त गरिएको हो । नियुक्तिसंगै सचिव पौडेलले बुधबार नै पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् । सभामुख पाठकले नवनियुक्त सचिव पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
सचिव पौडेलले बुधबार नै पदभा ग्रहण समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण