२५ वर्षपछि एकैसाथ ठूलो पर्दामा फर्किँदैछन् सलमान–सञ्जय
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खान र सञ्जय दत्त छिटै ठूलो पर्दामा एक साथ देखिँदैछन् । आफ्नो फिल्म ‘सिकंदर’को प्रमोशनको क्रममा सलमान खानले सञ्जय दत्तसँग ग्रामीण परिवेशमा आधारित एक्सन फिल्ममा काम गरिरहेको खुलासा गरेका थिए ।
केही दिनपछि, सञ्जय दत्तले पनि आफ्नो हरर–कमेडी फिल्म द भूतनीको ट्रेलर लन्च कार्यक्रममा सलमान खानसँग अन–स्क्रिन पुनर्मिलनको पुष्टि गरे । यसैबिच एउटा समाचारले बहुप्रतिक्षित फिल्मको विवरण शेयर गरेको छ । यसको शीर्षक ‘गंगा राम’ रहेको बताइएको छ ।
‘सलमान र सञ्जु गंगाराम नामक ग्रामीण एक्सन फिल्मको लागि सँगै आउँदैछन्, जसमा उनीहरू दुवै मुख्य भूमिकामा हुनेछन् ।’ फिल्मबारे एउटा स्रोतले बताएको भन्दै बलिउड हंगामाले समाचार छापेको छ । फिल्म सलमान र सलमान खान फिल्म्स (एसएफके) ले बनाएको हो । सलमानको टोलीले सञ्जयलाई फिल्मबारे बताउँदा उनी सलमानसँग दुई मुख्य नायक भएको यस फिल्ममा काम गर्न उत्साहित भएको बताइएको छ ।
यस फिल्मलाई नयाँ निर्देशक कृष अहिरले निर्देशन गर्नेछन् । अहिर विगत पाँच वर्षदेखि सलमान खान फिल्म्ससँग आबद्ध छन् । खबरका अनुसार फिल्म २०२५ को जुलाई सम्ममा फ्लोरमा जाने अपेक्षा गरिएको छ । फिल्मको लागि ठूलो बजेट चाहिने भएकोले सलमानले स्टुडियोसँग साझेदारी गर्न खोजिरहेको बताइएको छ ।
संजय दत्त र सलमान खानले पहिलो पटक १९९१ को रोमान्टिक ड्रामा साजनमा सँगै काम गरेका थिए । यसमा माधुरी दीक्षितले मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । लरेन्स डिसुजाद्वारा निर्देशित यो फिल्म अमिताभ बच्चन, रजनीकान्त र गोविन्दाको हम र दिलीपकुमार र राजकुमारको सौदागरलाई पछि पार्दै वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो ।
त्यसपछि सलमान र संजय १९९७ को एक्सन थ्रिलर फिल्म ‘दास’ मा पनि सँगै काम गरे । तर यो फिल्म अझै अधुरो छ । यी दुई फिल्म बाहेक, सञ्जय दत्त सलमान खानको फिल्म ये है जलवामा एक सानो भूमिकामा देखापरेका थिए । पछि सलमान सञ्जयको सन अफ सरदारको एउटा गीतमा देखिए । दुबै सुपरस्टारले बिग बोस ५ पनि सँगै होस्ट गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण