विराटनगरमा इण्डो–नेपाल टी–२० क्रिकेटः होराइजन र प्रशान्त क्रिकेट क्लबबीच उद्घाटन खेल
काठमाडौँ । मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको चौथो संस्करण चैत २३ देखि ३० गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगिता विराटनगर जुट मिल खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडमीले जनाएको छ ।
प्रतियोगितामा नेपालका ६ र भारतका ६ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा भारतको दिल्ली युथ क्लब, हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटना, प्रशान्त क्रिकेट क्लब जोगवनी, डिजायर क्रिकेट क्लब पूर्णिया, बिहार क्रिकेट क्लब र मुन क्रिकेट एकेडेमी फारबिजगन्च सहभागी हुनेछन् ।
नेपालबाट होराइजन क्रिकेट क्लब विराटनगर, सिरहा क्रिकेट क्लब, झापा जिल्ला क्रिकेट क्लब, आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडमी, सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) नेपाल र वाईआरसीसी विराटनगरले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको उद्घाटन खेल आगामी शनिबार जोगवनीको प्रशान्त क्रिकेट क्लब र विराटनगरको होराइजन क्रिकेट क्लबबिच हुनेछ । प्रतियोगिता नकाउट आधरमा सञ्चालन हुने पनि आयोजकले जनाएको छ ।
विजेता टोलीले दुई लाख एक हजार रुपैयाँ नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ । अघिल्लो वर्षको तुलनामा विजेता टोलीले पाउने पुरस्कार राशीमा ५० हजार रुपैयाँ बृद्धि गरिएको छ । उपविजेता टोलीले एक लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो रकम अघिल्लो वर्षको तुलनामा २६ हजार रुपैयाँले बढी हो ।
प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ दि म्याच’ घोषणा गरी तीन हजार एक सय रुपैयाँ नगद पुरस्कार पैदान गरिने छ । ‘म्यान अफ दि टुर्नामेन्ट’ ले पनि २५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यान र सर्वाधिक विकेट लिने बलरलाई पनि जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । तेस्रो संस्करणको उपाधि विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण