अनुदान पाएपछि व्यावसायिक स्याउखेतीमा जुटे भोजपुरका किसान
भोजपुर । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् ।
साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानीयवासी पाण्डव राईले बताए । वडाले स्याउखेती विस्तारको लागि अनुदान दिएपछि किसानहरु उत्साहित भएर खेती विस्तारमा लागेका हुन् । पचास प्रतिशत लागत साझेदारीमा व्यावसायिक खेती प्रवद्र्धन थालिएको उनले जानकारी दिए ।
स्याउखेतीका निम्ति भूबनोट र जलवायु उपयुक्त भएकाले साम्के र तामालुङ गाउँमा स्याउखेती कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष एकराज आचार्यले बताए । किसानलाई एक हजार ८०० बिरुवा वितरण गरिएको छ ।
“यो क्षेत्रलाई स्याउको नमूना क्षेत्र बनाउने हाम्रो लक्ष्य छ । अन्य ठाउँमा सुन्तला, कागतीलगायत फलफूलखेती प्रोत्साहन गर्दै आएका छौँ ”, वडाध्यक्ष आचार्यले भने ।
यसअघि वडाले व्यावसायिक सुन्तलाखेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न नर्सरी स्थापना गरेको थियो । वैकुण्ठेमा स्याउ, सुन्तलालगायत फलफूलका बिरुवा उत्पादन गर्न सकिने उनले बताए ।
कृषि शाखाका प्रमुख धीरज ठाकुरका अनुसार किसानका खेतबारीमा पुगेर प्राविधिक सहयोग प्रदान गरिएको छ । यो वर्ष हुर्काइएका स्याउका बिरुवाबाट चार वर्षपछि उत्पादन प्राप्त हुनेछ । जैविकखेती प्रणालीमा जोड्न किसानलाई जैविक मल तथा विषादी बनाउने तालिम पनि दिइएको छ । माटो परीक्षण गरेर माटो सुहाउँदो बालीको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरिरहेको उनको कथन छ ।
गाउँपालिकाले कृषि गुरुयोजना तयार गरेर कृषिमा लगानी गरिरहेको छ । कृषि एम्बुलेन्सबाट स्थानीय उजप बजार पुर्याइने गरेको छ । साथै पालिकाले सागसब्जी तथा फलफूलको ‘पकेट’ क्षेत्र निर्धारण गरेर तदनुरुप काम गरिहेको जनाएको छ । कृषि उपज भण्डारणका लागि भुल्के र वैकुण्ठेमा चिस्यान केन्द्र निर्माण गरिएको छ । सागसब्जीखेती विकासका लागि वडा नं ३ भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम सञ्चालन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण