काठमाडौँलाई उछिनेर बगदाद बन्यो विश्वकै प्रदूषित सहर
काठमाडौँ । बिहीबार पनि काठमाडौँको वायु प्रदूषण उच्च रहेको छ । विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ दोस्रो स्थानमा झरे पनि यहाँको वायुको गुणस्तर धेरै अस्वस्थकर रहेको आईक्यू एयरले जानकारी दिएको हो ।
आज बिहान साढे ९ बजेको सूची अनुसार नेपालको एक्यूआई ३७३ रहेको छ । वायु प्रदूषणको यो स्तरलाई स्वास्थ्यको दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ । एक्यूआईको स्तर ५० सम्मलाई पनि स्वास्थ्य मान्ने गरिन्छ ।
यहाँ पीएम २.५ को स्तर विश्व स्वास्थ्य संगठनले तय रहेको मापदण्डभन्दा ५२.४ गुणा बढी रहेको छ । हाललाई बाहिर व्यायाम गर्न बन्द गर्न, मास्कको प्रयोग गर्न, झ्यालहरू बन्द गर्न र एयर प्युरीफायरको प्रयोग गर्न सुझाव दिएको छ ।
नेपालभन्दा माथि इराकको बगदाद सहर रहेको छ । त्यहाँको एक्यूआई ५५२ रहेको छ । तेस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । त्यहाँ एक्यूआई २०८ मापन गरिएको छ ।
त्यसपछि शीर्ष १० प्रदूषित सहरहरूमा क्रमशः पाकिस्तानको लाहोर, भारतको मुम्बई, यूएईको दुबई, चीनको हाङझाउ, थाइल्याण्डको चियाङ माई, भियतनामको हानोई र इजिप्टको कायरो रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डविरुद्ध मेस्सीले जे गरे, यही कारण उनी फुटबलका बादशाह हुन्
-
पर्याप्त वर्षा भएपछि रोपाइँ तीव्र
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण